बालकुमारी घटनामा मन्त्री ज्वाला सूचनाको अभावमा फस्न पुगे : माधव नेपाल

सत्तारूढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बालकुमारी घटनामा सूचनाको अभावमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला फस्न पुगेको टिप्पणी गरेका छन्।

नेकपा (एस) का उपमहासचिव समेत रहेका मन्त्री ज्वाला आन्दोलित समूहको भिडमा पुगेकाले सो घटना घटेको चर्चा भइरहेका बेला उनको यस्ताे प्रतिक्रिया आएको हो।

सोमबार राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर नेपाली कांग्रेसले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमाम बोल्दै अध्यक्ष नेपालले घटनास्थल नजिकै पार्टी केन्द्रीय कमिटी बैठकबाट सरकारी कामको सिलसिलामा बाहिर निस्किएका मन्त्री ज्वालाबारे अन्यथा टिप्पणी गरिरहन आवश्यकता नभएको पनि बताए।

उनले सो घटनालाई आफ्नो पार्टी र सरकारले गम्भीर रूपमा लिएको उल्लेख गर्दै त्यसमा संलग्न दोषीमाथि कडा कारबाही गर्नुपर्ने बताए। अध्यक्ष नेपालले त्यस्ता घटना हुन नदिन वैदेशिक रोजगारीमा युवाहरू जानुपर्ने बाध्यता अन्त्य गर्नुपर्ने बताए।

अध्यक्ष नेपालले सो घटनाका सन्दर्भमा सरोकारवाला सबै निकायले पनि आत्मचिन्तन गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको पनि औंल्याए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर