प्रधानमन्त्रीको आशय बुझ्दा मन्त्रिमण्डल पुनर्गठनको तयारीमा हुनुहुन्छ : अग्नि सापकोटा

सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिमण्डल पुनर्गठन गरी सरकारका कामलाई प्रभावकारी बनाउने योजनामा रहेको बताएको छ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको विशेष रूपान्तरण अभियानको समापनका लागि आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता एवं उपाध्यक्ष अग्नि सापकोटाले यस्तो बताएका हुन्।

उनले प्रधानमन्त्री दाहालको अभिव्यक्तिले मन्त्रिमण्डल पुनर्गठनका लागि तयारी गरिरहेको भन्ने बुझिने बताए। उनले गठबन्धन सरकार भएको हुनाले गठबन्धनमा राम्रो समझदारी गरेर मात्रै निष्कर्षमा पुग्ने प्रधानमन्त्रीको तयारी रहेको बताए।

‘प्रधानमन्त्रीको अभिव्यक्ति बुझ्दा आवश्यक पर्दा पुनर्गठनका लागि तयारी गर्दैछु भन्ने छ। गठबन्धन सरकार भएको हुनाले गठबन्धनमा राम्रो समझदारी गरेर मात्रै निष्कर्षमा पुग्नुपर्छ भन्ने लागेको छ,’ सापकोटाले भने।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर