वैदेशिक लगानी सहजीकरणका लागि सरकारले कुनै कसर बाँकी राख्दैन : मन्त्री साउद

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले वैदेशिक लगानीलाई सहजीकरणका लागि सरकार तयार रहेको बताउएका छन् । क्यानडा-नेपाल चेम्बर अफ कमर्स र क्यानेडिन हिन्दु चेम्बर अफ कमर्सको संयुक्त प्रतिनिधिमण्डलसँगको अन्तरक्रियाका क्रममा उनले आगामी अप्रिलमा आयोजना हुन गइरहेको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनबारे पनि चर्चा गरे ।

मन्त्री साउदले भने, ‘वैदेशिक लगानीलाई सहजीकरण गर्ने विषयमा नेपाल सरकारले कुनै कसर बाँकी राख्दैन ।’ सो अवसरमा क्यानडा र नेपालबीचको व्यापार तथा लगानी सम्बन्धका बारेमा छलफल भएको थियो ।

क्यानेडिन हिन्दु चेम्बर अफ कमर्सका अध्यक्ष नरेशकुमार चाव्दाले नेपालमा विशेष गरी कृषि तथा खाद्य, टेक्सटायल र जलविद्युतका क्षेत्रमा क्यानेडियन निजी क्षेत्रले काम गर्न चाहेको बताएका थिए । क्यानडा-नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष विजय पौडेल र क्यानेडिन हिन्दु चेम्बर अफ कमर्सका अध्यक्ष चाव्दाले प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर