वैदेशिक रोजगारीमा पठाइदिने बहानामा लाखौं रूपैयाँ ठगी गर्ने चार जना पक्राउ

बेरोजगार युवालाई वैदेशिक रोजगारीमा पठाउने बहानामा लाखौँ ठगी गरेका चार जना पक्राउ परेका छन् ।

रोमानिया पठाइदिन्छु भन्दै २१ लाख ३६ हजार रूपैयाँ ठगी गरेको अभियोगमा दोलखाको मेलुङ गाउँपालिका-२ घर भई काठमाडौँ महानगरपालिका-२४, बाङ्गेमुढा बस्ने ५० वर्षीय ढालबहादुर बुढाथोकी प्रक्राउ परेका छन् ।

अभियुक्त बुढाथोकीले १४ जना युवालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाई फुड प्याकिङमा मासिक एक लाख रूपैयाँ तलब प्राप्त हुने प्रलोभनमा पारी पटक-पटक गरेर उक्त रकम ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

यसैगरी कतार पठाइदिन्छु भन्दै दुई लाख ९४ हजार रूपैयाँ ठगी गरेको अभियोगमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१ का कैलाश गिरी पक्राउ पक्राउ परेका छन् । उनले वैदेशिक रोजगारीका लागि कतार पठाइदिने र मासिक ८० रूपैयाँ दिलाउने भन्दै उक्त रकम ठगेका हुन् ।

यसैबीच स्लोभेनिया पठाइदिने बहानामा दुई लाख ८० हजार रूपैयाँ ठगी गरेको अभियोगमा धादिङका अजयराज शाही र गोरखाको चुमनुव्री गाउँपालिका-४ की ३५ वर्षीया छिमी सुनिन पक्राउ पक्राउ परेका छन् ।

सबै अभियुक्तलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *