देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूको नियन्त्रणमा परेको छ : गगन थापा

'पूर्वप्रधानमन्त्रीहरूलाई विस्थापन गर्ने प्रयास सुरू भएको छ'

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूको नियन्त्रणमा परेको बताएका छन्।

बुधबार पूर्वकर्मचारी समाज, नेपालको स्मारिका समभाव विमोचन कार्यक्रममा बोल्दै महामन्त्री थापा देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूको नियन्त्रणमा हुनु नेपालको प्रजातन्त्रको सबैभन्दा दुखद् पक्ष भएको बताए।

उनले राजनीतिक दलहरूसमेत तिनै प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूको नियन्त्रणमा रहेको बताए।

‘खासगरी नेपालको सन्दर्भमा हाम्रो प्रजातन्त्रको सबैभन्दा दुखद् पक्ष भनेको पाँच/छ जना पूर्वप्रधानमन्त्री र प्रधानमन्त्रीहरूको यस्तो नियन्त्रणमा देश परेको छ कि नेपालका राजनीतिक दलहरू उहाँहरूको एक प्रकारको नियन्त्रणमा भएकोले प्रकारान्तरले नेपालको राजनीति नै उहाँहरूको नियन्त्रणमा भएको जस्तो,’ महामन्त्री थापाले भने।

उनले यति धेरै पूर्वप्रधानमन्त्रीहरू राजनीतिमा क्रियाशील भएको अरू देशका बारेमा आफूलाई जानकारी नभएको भन्दै यसो हुनु राजनीतिको दुखद् पक्ष भएको बताए।

उनले देशमा संविधान बनेर आवधिक निर्वाचनहरू हुन थाल्नु सकारात्मक कुरा भए पनि अर्थतन्त्रमा र शासकहरूको प्रवृत्तिमा भने सुधार हुन नसकेको बताए।

महामन्त्री थापाले पूर्वप्रधानमन्त्रीहरूलाई विस्थापन गर्ने प्रयास सुरू भएको पनि उल्लेख गरे।

उनले आफ्नो पार्टीको संसदीय दलको निर्वाचनमा उम्मेदवार बनेर आफूले नेतृत्व परिवर्तनको कसरत गरेको बताए। उनले पुराना नेतृत्वसँग प्रतिस्पर्धा गरेर नथाकेको भन्दै निरन्तर प्रतिस्पर्धा गर्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *