इन्जिनियरहरूले सातौं तहबाट सेवा प्रारम्भ गर्ने व्यवस्थाका लागि पहल गर्छु : मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले इन्जिनियरहरूले निजामती सेवामा सातौं तहबाट सेवा प्रारम्भ गर्ने व्यवस्था गर्न आफूले प्रयास गर्ने बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित नेपाल इन्जिनियरिङ एसोसिएसनको १६ औं राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन्।

मन्त्री ज्वालाले प्राविधिक कार्यालयहरूको नेतृत्व प्राविधिकहरूले नै गर्न पाउने इन्जिनियरहरूको माग जायज रहेको उल्लेख गर्दै त्यसलाई सम्बोधन गराउने काममा पनि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले धेरै महत्त्वपूर्ण निकायहरूमा छुट्टै इन्जिनियरिङ शाखा स्थापना गरिने आश्वासन पनि दिए।

मन्त्री ज्वालाले कार्यालयहरूमा प्राविधिकहरूको नेतृत्वदायी भूमिका नहुँदा कतिपय कामहरू अघि बढाउन असजिलो भइरहेको उल्लेख गर्दै त्यसमा सुधार ल्याउने काममा आफू लागिपर्ने बताए।

मन्त्री ज्वालाले सरकारले इन्जिनियरहरू पलायन हुन नदिने गरी आवश्यक वातावरण बनाउने कामलाई प्राथमिकता दिएको पनि बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *