१० वर्षमा १० हजार मेगावाट विद्युत भारत निर्यात गर्ने सम्झौतामा हस्ताक्षर

गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा भएकाे भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किनेर लैजाने सम्झौतालाई अन्तिम रूप दिइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बिहीबार आयोजित नेपाल-भारत ऊर्जासचिवस्तरीय बैठकमा यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

मन्त्रालयका अनुसार सम्झौतामा नोपलका ऊर्जासचिव गोपालप्रसाद सिग्देल र भारतका ऊर्जासचिव पंकज अग्रवालले हस्ताक्षर गरेका हुन् ।

प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट १० वर्षमा लागि १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका थिए ।

नेपाल र भारतबीच १० हजार मेगावाट बिजुली किनबेच गर्ने सम्झौताले अन्तिम रूप पाएपछि भने बिजुलीलाई वस्तुजस्तै किनबेच गर्न सकिनेछ । हाल नेपालबाट भारततर्फ साढे ६ सय मेगावाट बिजुली निर्यात हुँदै आइरहेको छ । यो सम्झौता सम्पन्न भएसँगै नेपाललाई बढी हुने सबै बिजुली भारत निर्यात हुनेछ ।

यसबाहेक बिहीबार नेपाल आएका भारतीय विदेशमन्त्री जयशंकरको भ्रमणका क्रममा तीनवटा प्रसारण लाइनसमेत उद्घाटन हुनेछ । भ्रमणका क्रममा नेपाल र भारतका विदेशमन्त्रीले संयुक्त रूपमा १२३ केभीए क्षमताको कटैया-कुशाहा प्रसारण लाइनको दोस्रो खण्ड उद्घाटन गर्नेछन् । यसबाहेक १३२ केभीए क्षमताकै रक्सौल-परवानिपुर प्रसारण लाइनको दोस्रो खण्ड र १३२ केभीए क्षमताकै नौतन्या-मैन्हिया प्रसारण लाइनसमेत उद्घाटन हुने ऊर्जा मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *