लागुऔषधको मुद्दा मिलाइदिने भन्दै प्रहरीका सईले लिए ३० हजार रूपैयाँ घुस

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका एक जना नायब निरीक्षक (सई) विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ६, मैनापोखरस्थित इलाका प्रहरी कार्यालय मैनापोखरमा कार्यरत सई पवन साउदविरूद्ध बिहीबार भ्रष्टाचार मुद्दा दर्ता भएको हो।

लागऔषधको मुद्दा मिलाइदिने कार्यमा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग लिएको ३० हजार रूपैयाँ घुसहित अख्तियारको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले उनलाई गत १२ मंसिरमा नियन्त्रणमा लिएको थियो।

उनीविरूद्ध घुस रकम बराबर बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र बिगोबमोजिम जरिवानाको मागदाबी लिएर मुद्दा दर्ता भएको हो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *