नेपाल-भारत संयुक्त आयोग बैठक

भारतले भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाललाई १० अर्ब रूपैयाँ अनुदान सहयाेग गर्ने

भारतले नेपाललाई भूकम्पपछिको पुनर्निर्माणमा १० अर्ब रूपैयाँ सहयोग गर्ने भएको छ । भारतले दिन लागेको यो रकम अनुदान हो ।

काठमाडौंस्थित होटल याक एण्ड यतीमा बिहीबार बसेको नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा यस्तो सहमति भएको हो ।

जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछिको पुननिर्माणमा भारतले नेपाललाई १० अर्ब रूपैयाँ सहयोग गर्ने सहमति भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले जानकारी दिए ।

संयुक्त आयोगको बैठकमा नेपालका परराष्ट्रमन्त्री एनपी साउद र भारतका विदेशमन्त्री डा. एस जयशंकरले संयुक्त अध्यक्षता गरेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *