नेपाल र भारत जोड्ने १३२ केभीका तीनवटा प्रसारण लाइन उद्घाटन

नेपाल र भारत जोड्ने १३२ केभी क्षमताका तीनवटा प्रसारण लाइनको उद्घाटन भएको छ।

परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री डा. एस जयशंकरले बिहीबार संयुक्त रूपमा यी प्रसारण लाइन उद्घाटन गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले जानकारी दिए।

भारतको बिहार राज्यसँग जोडिने रक्सौल-परवानीपुर प्रसारण लाइन, कुशाहा-कटैया प्रसारण लाइन र उत्तर प्रदेशसँग जोडिने मैनहिया-सम्पत्तिया प्रसारण लाइनको उद्घाटन भएको हो।

यसका साथै बिहीबार नै दुई देशका ऊर्जासचिवबीच नेपाल-भारत दीर्घकालीन विद्युत व्यापारसम्बन्धी सम्झौतामा पनि हस्ताक्षर भएको छ। यो भनेको भारतले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत खरिद गर्ने सम्झौता हो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर