शीर्ष नेताहरूसँग भारतीय विदेशमन्त्री जयशंकरले गरे भेटवार्ता

आफ्ना नेपाली समकक्षी परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणमा आएका भारतीय विदेशमन्त्री डा. एस जयशंकरले राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गरेका छन्।

बिहीबार काठमाडौंको एक होटलमा विदेशमन्त्री जयशंकरले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरूसँग भेटवार्ता गरेका हुन्।

सबै नेताहरूसँगको भेटमा दुुई देशको सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको थियो।

नेताहरूसँग भेटमा विदेशमन्त्री जयशंकरले नेपालसँगको सम्बन्धलाई थप उचाइमा लैजान प्रयत्न गर्ने धारणा राखेका थिए।

बिहीबार बिहान काडमाडौं आइपुगेका जयशंकरले यसअघि राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री साउदसँग भेटवार्ता गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर