भारतीय विदेशमन्त्री जयशंकर र परराष्ट्रमन्त्री साउदले गरे त्रिवीकाे पुस्तकालय उद्घाटन

भारतीय विदेशमन्त्री एस जयशंकरले त्रिभुवन विश्वविद्यालयको पुस्तकालय उद्घाटन गरेका छन् ।

विदेशमन्त्री जयश‌ंकर र परराष्ट्रमन्त्री एनपी साउदले संयुक्त रूपमा त्रिवी पुस्तकालयको उद्घाटन गरेका हुन् । जयशंकरले आजै भूकम्पपछिको पुनर्निर्माण परियोजना पनि उद्घाटन गरेका छन् ।

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन उनी बिहिबार नेपाल आएका थिए ।

हिजो नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुनुका साथै जयशंकरले उच्च राजनीतिक भेट गरेका थिए ।

उनी आज मध्याह्न साढे १२ बजे नै भारत फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *