काठमाडौंका यी क्षेत्रमा आज ४ घण्टा बिजुली काटिने

काठमाडौंको विभिन्न ठाउँमा आज ४ घण्टा बिजुली आपूर्ति बन्द हुने भएको छ । चाबहिलदेखि बौद्धसहितका केही क्षेत्रमा चार घण्टा बिजुली काटिने विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार उक्त क्षेत्रमा विद्युत लाइन मर्मतको काम भइरहेकोले बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएकाे छ।

फिडर सटडाउन गर्दा त्यसअन्तर्गत पर्ने चाबाहिल प्लाजा, केएल टावर, टुसाल, बौद्ध पिपल बोटदेखि जोरपाटीसम्म बिजुली काटिने प्राधिकरणले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर