अन्तरिक्षमा एकपछि अर्को सफलता हात पार्दै भारत, गन्तव्य पुग्यो सूर्य मिसन ‘आदित्य-एल १’

भारतले आफ्नो अन्तरिक्ष मिसनमा एकपछि अर्को सफलता हात पारिरहेको छ । केहीअघि चन्द्रमामा सफलता हासिल गरेको उसले आफ्नो सूर्य मिसनमा पनि सफलताको छनक दिएको छ ।

यसबीच भारतले सूर्यको अध्ययन गर्न पठाएको यान ‘आदित्य-एल १’ गन्तव्यमा पुगेको छ ।

भारतले ५ अगष्ट २०२३ मा चन्द्रमाको दक्षिणी ध्रुवमा ‘चन्द्रयान-३’ को सफल अवतरण भएको एक सातापछि सूर्यको अध्ययनका लागि अर्को यान पठाएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्, ‘सूर्यको अध्ययन गर्नका लागि भारतको पहिलो आदित्य-एल १ आफ्नो गन्तव्यमा पुगेको छ । यसले हाम्रा वैज्ञानिकहरूको प्रयासले कठिन आन्तरिक अभियानलाई वास्ताविकतामा बदल्दैछ भन्ने देखाउने छ ।’

यो भारतको पहिलो सूर्य मिसन हो । आदित्यको अर्थ संस्कृतमा सूर्य हो । एल १ अर्थ चाहिँ पृथ्वी र सूर्यको यस्तो बिन्दु हो, जहाँ दुबै ग्रहको गुरुत्व शक्ति समान हुन्छ । यहाँ रहेको वस्तुलाई दुबैले आफूतर्फ आकर्षित गर्ने क्षमता राख्दैन ।

त्यही स्थानमा रहेर आदित्य एल १ ले पृथ्वीले जसरी नै सूर्यको परिक्रमा गर्ने छ ।

यसअघि अमेरिकी अन्तरीक्ष निकाय नासा र युरोपेली अन्तरीक्ष एजेन्सी ईएसएले पनि सौर्य मिसन पठाइसकेको छ ।

भारतीय अन्तरिक्ष यान कुल ७ वटा ‘पे लोड’ लिएर गएको छ । यसले फाटोस्फेयर र क्रोमोस्फेयर नामले चिनिने सूर्यको सबभन्दा बाहिरी सतहको अध्ययन गर्नेछ ।

यसले अन्तरिक्षकाे मौसमबारे पनि अध्ययन गर्ने छ । अन्तरिक्षमा आउने सौर्य आँधी र त्यसको कारण पत्ता लगाउने कोसिस गर्नेछ ।

एक पटक आफ्नो कक्षमा स्थापित भएपछि यसले सूर्यलाई निरन्तर र प्रस्ट रूपमा अवलोकन गरिरहन सक्ने भारतको अन्तरिक्ष अनुसन्धान निकाय इसरोले बताएको छ । उसले भनेको छ, ‘यसले सौर्य आँधीलाई नजिकबाट अध्ययन गर्ने र रियल टाइममा अन्तरिक्षको मौसममा के असर पर्छ भनेर जानकारी दिने छ ।’

एजेन्सीकाे सहयाेगमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *