कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा कोइराला नियुक्त

कोशी प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशको मुख्य न्यायाधिवक्तामा रूपेश कोइरालालाई नियुक्त गरेका छन् । प्रदेश प्रमुख खापुङले प्रदेशका मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा नेपालको संविधानको धारा, १६० को उपधारा (२) बमोजिम विराटनगर महानगरपालिका-९ निवासी कोइरालालाई आज उक्त पदमा नियुक्त गरेका हुन् ।

उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीले प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित एक समारोहमा नवनियुक्त मुख्य न्यायाधिवक्ता कोइरालालाई पद तथा गोपनीयताको शपथ गराए ।

त्यस अवसरमा प्रदेशप्रमुख खापुङ, मुख्यमन्त्री कार्की, प्रदेशका मन्त्री तथा प्रदेश मन्त्रालय र निकायका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *