बरहथवा घटनामा वार्ताका माध्यमबाट समाधान खोज्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले वार्ता र संवादकै माध्यमबाट सर्लाही घटनाको समाधान खोज्न प्रदर्शनरत पक्षलाई अनुरोध गरेको छ ।

सर्लाहीको बरहथवामा स्वास्थ केन्द्रको स्तरोन्नतिको विषयलाई लिएर भएको प्रदर्शन र विवादका क्रममा जयशङ्कर साहको मृत्यु भएकोे घटनालाई लिएर आयोगले प्रदर्शनरत पक्षलाई वार्ता र संवादको माध्यमबाट समाधान खोज्न अनुरोध गरेको हो । उक्त घटनाको आयोगको जनकपुरस्थित मधेश प्रदेश कार्यालयले अनुगमन गरिरहेको आयोगले जनाएको छ ।

‘उक्त घटनाको निष्पक्ष र स्वतन्त्र रुपमा अनुसन्धान गरी घटनाका दोषीलाई कानुनी कारबाहीको दायरमा ल्याउन, मृतकका परिवारलाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न, घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्नुपर्छ,’ आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘भविष्यमा यस प्रकारका घटना नदोहोरिने सुनिश्चितता गर्न र संयमता अपनाई शान्तिसुरक्षाको स्थितिलाई मजबुत बनाउन आयोग नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहलाई आग्रह गर्दछ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *