डेडिकेटेड र ट्रंक लाइनको विद्युत् महसुल उठाएरै छाड्छौं : कुलमान घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनको विद्युत् महसुलको पैसा उठाएरै छाड्ने बताएका छन् ।

संसद्को भौतिक पूर्वाधार समितिमा मंगलबार बोल्दै उनले केही उद्योगहरूको टीओडी (टाइम अफ डेट)को डेटा हराएको हराएपनि महसुल उठाएरै छाड्ने अडान दोहोर्याएका हुन् ।

उनले भने, ‘टीओडीको डेटामा २० घण्टाभन्दा बढी लिएको छ कि छैन भन्ने देखिन्छ । त्यो भेरिफाइ गर्नलाई टीओडी हुनसक्छ । धेरै मिटरहरुको टीओडीको डाटा पनि हामीले डाउनलोड गरेर राखेका छौं । कतिपयको मिसप्लेस भएको हुनसक्छ ।’

सबस्टेसनमा हुने लगसिटबाट प्रमाणित गराएर पनि महसुल लिइने उनले बताए । उद्योगी र प्राधिकरणबीच कति युनिट विद्युत् खपत भयो भन्ने विषयमा विवाद भइरहेको छ । तर, कुलमान घिसिङले भने कति युनिट विद्युत् खपत गरेको तथ्यांक भएकाले त्यसकै आधारमा बिलिङ गरेको बताए ।

उनले भने, ‘युनिट हामीसँग छ । किनभने उहाँहरूले नियमित बिल भुक्तानी गर्नुभएको छ । हरेक महिनाको युनिट हाम्रो एम पावर भन्ने सफ्टवेयर छ, त्यसमा रेकर्डेड छ, युनिटमा डेडिकेटेडको सरचार्ज जोडेर गरेको बिल हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर