मौसम : तराईमा हुस्सु र कुहिरो, पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहने

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली रहेको छैन ।  हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका अधिकांश भू-भागहरुमा हुस्सु तथा कुहिरो लागेको अवस्था छ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

राती कोशी र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर