आगामी अधिवेशनमा सहमतिबाटै टीआरसी विधेयक पारित हुन्छ : मन्त्री गुरूङ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले आगामी अधिवेशनमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सहमतिबाटै संसदमा प्रस्तुत हुने बताएका छन्।

बिहीबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले संक्रमणकालीन न्याय टुंग्याउने सन्दर्भमा अब छिट्टै नै सहमतिमा पुग्ने आशा बढेको बताए।

उनले अब विदेशीसँग संक्रमणकालीन न्याय टुंगो लगाउने कुरामा लाज मानिरहनुपर्ने र ढाँटिरहनुपर्ने आवश्यकता नहुने बताए। उनले यसमा सहमति जुटाउन समितिका सदस्यहरू र शीर्ष नेताहरूसँग छलफल गरी टुंगो लगाउनुपर्ने आवश्यकता रहेको बताए।

उनले आगामी अधिवेशनमा टीआरसीसँग सम्बन्धित विधेयक सहमतिबाट पेस गरी पारित गर्ने दाबी गरे।

मन्त्री गुरूङले नेकपा (एमाले) का सचेतक महेश बर्तौलाप्रति संकेत गर्दै एमालेले साथ दिएपछि सहमतिबाटै पेस विधेयक हुने टिप्पणी गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर