सम्बन्धित देशको भाषा, सीप र आवश्यक ज्ञान सिकाएर मात्रै श्रमिक विदेश पठाउँछौं : मन्त्री भण्डारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सम्बन्धित देशको भाषा, सीप र आवश्यक ज्ञान सिकाएर मात्रै श्रमिक विदेश पठाउने गरी सरकारले गृहकार्य गरिरहेको बताएका छन्। बिहीबार प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै श्रममन्त्री भण्डारीले यस्तो बताएका हुन्।

उनले नेपाली श्रमिकहरूलाई सरकारले न्यूनतम सम्बन्धित देशको भाषा र सीप सिकाएर पठाउन विभिन्न देशका राजदूतहरू, एनआरएन तथा एजेन्सीहरूले आग्रह गरिरहेकाले त्यही आग्रहअनुसार सरकारले तयारी गरिहरको बताए।

उनले वैदेशिक रोजगारीमा बिचौलियाको भूमिका अन्त्यका निम्ति पनि आफूहरूले काम गरिरहेको उल्लेख गरे।

उनले मलेसियालगायत खाडी मुलुकमा श्रमिकलाई फ्री भिसा फ्री टिकटमा पठाउन नसकिने बताए। उनले वैदेशिक रोजगारीमा पठाउने सरकार वा एजेन्सी दुवैले लागत लगाउनुपर्ने भएकाले फ्री भिसा फ्री टिकटमा पठाउन नसक्ने अवस्था रहेको बताए।

उनले विदेश पठाउने सेवा प्रदायकले व्यहोर्दा मात्रै श्रमिकलाई शून्य लागत लाग्ने अवस्था रहेको बताए। उनले ९ लाख नेपाली श्रमिक मलेसिया भए पनि अहिलेसम्म १५ हजार मात्रै फ्री भिसामा गएको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *