तत्कालीन पर्यटनमन्त्रीको स्वार्थका कारण हवाई सेवासम्बन्धी विधेयक आएन : अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तत्कालीन पर्यटनमन्त्री र कर्मचारीहरूको स्वार्थका कारण हवाई सेवासम्बन्धी विधेयक आउन नसकेको बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले अघिल्लो प्रतिनिधिसभाको कार्यकालमा विभागीय मन्त्री र कर्मचारीहरूको स्वार्थका कारण नेपाल हवाई सेवा प्राधिकरण विधेयक र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक आउन नसकेको बताएका हुन्।

उनले राष्ट्रियसभाले पारित गरेर प्रतिनिधिसभामा पठाएको भए पनि स्वार्थवश प्रतिनिधिसभाबाट पुनः राष्ट्रियसभामा फिर्ता नआएको बताए।

उनले युरोपियन युनियनले नेपालको हवाई उडानलाई कालोसूचीमा राखेको अवस्थामा सेवा प्रदायक निकाय र नियामक निकाय एउटै हुनु नहुने प्रावधानसहित विधेयक ल्याउनुपर्ने भए पनि कर्मचारीहरूले सो कुरा स्वीकार गर्न नसकेका बताए।

उनले वायुसेवा निगमका कर्मचारीहरूले पार्टीका नेताहरूको कुरा सुनेका पनि बताए।

उनले अझै पनि सरकारले चाहेमा सो विधेयक ल्याएर पारित गर्न सक्ने भए पनि प्रयत्न नगरिएको बताए।

उनले नेताहरू निहित स्वार्थमा लागेका पनि बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर