नामिबियामाथि नेपालको रोमाञ्चक जित

नेपालले आईसीसी यू-१९ विश्वकपअघि दोस्रो अभ्यास खेलमा नामिबियालाई ६ रनले हराएको छ। दक्षिण अफ्रिका भ्रमणमा रहेको नेपालको लगातार दोस्रो जित निकालेको हो।

जितको लागि १ सय ४२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नामिबिया २९.५ ओभरमा १ सय ३५ रनमा अल आउट भयो ।

नामिबियाका लागि एक बसिङ–भोलसेन्कले सर्वाधिक रन बनाए । उनले ५० रनको अर्थसतकीय इनिङ खेले ।

यसअघि टस हारेर पहिले ब्याटिङ निम्तो पाएको नेपालले निर्धारित ३० ओभरमा ९ विकेट गुमाउँदै १४१ रन बनाएको थियो । नेपालका लागि दीपक डुम्रेले सर्वाधिक ३२ रन बनाए ।

यस्तै ओपनर अर्जुन कुमाल १, विपिन रावल २०, देव खनाल डक, गुलशन झा ३, दिपक बोहरा ५, उत्तम थापा मगर १२, आकाश त्रिपाठी २१, विशाल बिक्रम केसी १४ र दिपक बोहरा १५ रनमा आउट भए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर