चितवनमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

चितवनमा छुट्टाछुट्टै ठाउँमा भएका सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार राति पूर्वी चितवनमा भएको दुर्घटनामा परी स्कुटर चालकको मृत्यु भएको छ ।

कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार खैरहनी नगरपालिका–२, चैनपुरचोकस्थित पूर्वपश्चिम राजमार्गमा टाँडीबाट पर्सातर्फ जाँदै गरेको बा प्र ०३–००१ च १७२७ नम्बरको जिपले विपरीत दिशाबाट आउँदै गरेको प्र ०३–०२–००६ प ९०६८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते स्कुटर चालक एक पुरूषको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । मृतकको सनाखत हुन सकेको छैन । जिपका चालक फरार भएका छन् ।

यस्तै भरतपुर महानगरपालिका–७, टाइगरचोकमा कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–६ रामराज्यपुरका ३५ वर्षीय कुलप्रसाद सापकोटा रहेका छन् ।

टाइगरचोकबाट बुद्धचोकतर्फ आउँदै गरेको बा प्र ०३–००३ प १७७६ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको बीएबी २८७५ नम्बरको कारले बिहीबार राति ठक्कर दिएको हो ।

घाइते सापकोटाको उपचारका क्रममा राति नै चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । कार चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर