स्थानीय तहले राष्ट्रिय सहरी भवन संहिता कार्यान्वयन गरेनन् : मन्त्री गुरूङ

सहरी विकासमन्त्री सीता गुरूङले स्थानीय तहले राष्ट्रिय सहरी भवन संहिता कार्यान्वयन गर्न नसकेको बताएकी छन्।

शनिवार डिप्लोमा इन्जिनियर्स एसोसिएसनले ललितपुरमा भूकम्प दिवसको सेरोफेरोमा आयोजना गरेको प्रकोप प्रतिरोधी र भौतिक पूर्वाधार गुणस्तर विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

उनले सहरी विकास मन्त्रालयले राष्ट्रिय सहरी भवन संहिता निर्माण गरेर ७५३ वटै पालिकामा पठाएको भए पनि प्रभावकारी ढंगले लागू हुन नसकेको बताइन्। उनले आफूले कारण खोज्दा पालिकाहरूमा प्राविधिकको कमीका कारण स्थानीय तहले कार्यान्वयन गर्न नसकेको जवाफ दिएको बताइन्।

उनले सकारले बनाएका नीति नियम कार्यान्वयन गर्न पनि कुनै न कुनै रूपमा ‘बेस’ बसाउन जरूरी रहेको बताइन्। मन्त्री गुरूङले अनुगमन र मूल्यांकन प्रभावकारी बनाउन र अभिलेखीकरण गर्न नसके द्रुत गतिमा फड्को मार्ने भनेर अघि बढाइएका कामहरू प्रभावकारी बन्न नसक्ने दाबी गरिन्।

मन्त्री गुरूङले सडक पूर्वाधारका खाका प्राविधिक आधारमा नभई मनोचाहनाका आधारमा बनाउँदा विपत्ति निम्तिने गरेको बताइन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर