अभ्यास खेलमा नेपालले स्कटल्याण्डलाई सात विकेटले हरायो

नेपालले आईसीसी १९ वर्षमुनिको विश्वकप अघिको अभ्यास खेलमा स्कटल्यान्डलाई सात विकेटले हराएको छ । नेपालले स्कटल्यान्डलाई डकवर्थ लेविस पद्धतिको आधारमा जितेको हो ।

जितका लागि १ सय १५ रनको लक्ष्य पछ्याएको नेपालले २९ ओभर १ बलमा तीन विकेट गुमाएर ९९ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो । यसअघि भएकाे अभ्यास खेलमा नेपालले स्कटल्यान्डलाई १ सय ३५ र नामिबियालाई ६ रनले हराएको थियो ।

नेपालले अन्तिम अभ्यास खेल पर्सि मङ्गलवार वेस्ट इन्डिजसँग खेल्नेछ । जनवरी १९ देखि फेब्रुअरी ११ तारिखसम्म हुने विश्व कपमा नेपाल समूह ‘डी’ मा रहेको छ । नेपालको समूहमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर