प्रधानमन्त्री कप क्रिकेट 

सन्दीप जाेराकाे शतकमा एपीएफले बागमतीलाई दियाे २४२ रनकाे लक्ष्य 

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल एपीएफ क्लबले बागमती प्रदेशलाई जितका लागि दुई सय ४२ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ४१ रनको योगदान बनायो । एपीएफका लागि सन्दीप जोराले एक सय तीन बलमा शतक पूरा गरे । सन्दीपले एक सय १७ बलमा सात चौका र पाँच छक्का प्रहार गर्दै एक सय १२ रनको योगदान दिए ।
त्यस्तै लोकेश बमले २७ रन जोडे भने अमर रौतेलाले २२ रन बनाए । आसिफ शेखले १५ रन बनाए । प्रज्वल शाही र भुवन कार्कीले समान १०/१० रन बनाए । बागमती प्रदेश शनिवार भएको पहिलो खेलमा नेपाल पुलिस क्लबसँग ६८ रनले पराजित भएको थियो ।
एपीएफको भने आज नै पहिलो खेल हो । बलिङतर्फ बागमतीका सूर्य तामाङले तीन विकेट लिए भने प्रतिश जीसी र रिजन ढकालले समान एक-एक विकेट लिए । त्यस्तै सोनु देवकोटाले एक विकेट लिए । बागमती प्रदेश अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर