हुण्डी कारोबार गरेको आरोपमा लाखौं नगदसहित दुई जना पक्राउ

हुण्डी कारोबार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नगदसहित दुई जनालाई पक्राउ गरेको एसपी मिलन केसीले जानकारी दिए।

काठमाडौं महानगरपालिका-२२, महाबौद्ध क्षेत्रबाट प्रहरीले काभ्रे घर भई कपन बस्ने ३९ वर्षीय भीमसेन गौतम र चितवन घर भई सुकेधारा बस्ने ४२ वर्षीय राजु गौतमलाई पक्राउ गरेको हो।

राष्ट्र बैंकको निर्देशनविपरीत वित्तीय कारोबार गरिरहेका छन् भन्ने सूचनाका आधारमा खटिएको प्रहरीले गत बिहीवार उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले भीमसेनबाट आठ लाख रूपैयाँ बरामद गरेको छ।

त्यस्तै राजुको महाबौद्धस्थित कुमारी आर्केट २०२ नम्बरको राधाकृष्ण जनरल स्टोरबाट ७ लाख ९७ हजार रूपैयाँको चेक र ५ लाख ७५ हजार रूपैयाँ बरामद गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर