आजको मौसम : यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहनुका साथै तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेको विभागले उल्लेख गरेको छ ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि साधारण बदली रही कोशी, बागमती र गण्डकी  प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।  कोशी, बागमती र गण्डकी  प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा  हल्का हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ ।

सोमबार राती देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी,बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

गत चौबिस घण्टामा सबैभन्दा धेरै चिसो जुम्लामा भएको छ । त्यहाँको तापक्रम घटेर माइनस ५ दशमलव २ डिग्रीमा झरेको छ। यस्तै काठमाडौँको तापक्रम पनि घटेर ५ दशमलव २,पोखराको ८ दशमलव २, डडेलधुरा ४ दशमलव ५ र धनगढीको तापक्रम ७ दशमलव २ डिग्री सम्म पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर