पोखरा महानगरपालिकाको १४ औं नगरसभा स्थगित, माघ १८ लाई सारियो

पोखरा महानगरपालिकाको १४ औं नगरसभा माघ १८ गते बस्ने भएको छ । पुस २९ गते महानगरको हिउँदे सभा बोलाइए पनि करको विषय सम्बोधन हुन नसक्दा नगरसभा स्थगित भएको हो ।

पोखरा महानगरपालिकाका प्रवक्ता मोती तिमिल्सिनाले आर्थिक ऐनमा राजस्वसम्बन्धी विषयहरू समेटिने जानकारी गराउँदै त्यसमा केही संशोधन गर्नुपर्ने विषयवस्तुहरूका लागि पोखरा महानगरपालिका वडा नं. ४ का अध्यक्ष देवकृष्ण पराजुलीको संयोजकत्वमा १३ सदस्य समिति गठन भएको बताए । उनले माघ १८ गते पुन सञ्चालन हुने गरी स्थगित भएको जानकारी दिए ।

पोखरा महानगरपालिकाकाले पोखराको घरजग्गा कर घटाउने एजेण्डा नराखेपछि पोखराको कार्यपालिका बैठक स्थगित भएको थियो । मंगलवार बस्ने भनिएको कार्यपालिका बैठक कर घटाउने एजेण्डा नराखेपछि नेपाली काँग्रेसबाट वडाध्यक्ष भएकाहरू बैठकमा सहभागी नहुने भनेसँगै बैठक स्थगित भएको थियो ।

यता पोखरा महानगरपालिका वडा नं.२ का वडा अध्यक्ष तथा नेपाली कांग्रेस दलका नेता दिवसमान प्रधानांगले पोखरेली जनताको चाहना र भावनाअनुसार काम गर्नुपर्ने कर्तव्य भएकाले विविध कारणले गर्दा रोकिएको विशेष प्रस्तावलाई सम्बोधन गरेर राजस्वलाई घटाउनका लागि कार्यदललाई दुई हप्ताभित्र घटाउन समय दिएको बताए ।

पोखरा महानगरपालिकामा कांग्रेसका वडाध्यक्षहरूको बहुमत छ । २२ जना वडाध्यक्ष रहेको कांग्रेसले मंगलवार बस्ने भनेको कार्यपालिका बैठकमा कर घटाउने एजेण्डा राख्न सुझाए ।

तर, महानगरले कर घटाउने बारेको एजेण्डा बैठकमा राखेको थिएन । एजेण्डा नै समावेश नभएपछि कांग्रेसका वडाध्यक्षहरूले बैठकमा सहभागी नहुने जानकारी मेयर धनराज आचार्यलाई गराएका थिए ।

त्यसअघि सभामा प्रस्तुत हुने कार्यसूची पास गर्न कार्यपालिका बैठक डाकिएको हो । त्यस्तै पोखरा महानगपालिका वडा नम्बर १७ का अध्यक्ष राधिकाकुमारी शाहीले कार्यपालिकाको बैठक नेकपा (एमाले) ले बहिष्कार नगरेको बताए । उनले समयमा नेपाली कांग्रेसका निर्वाचित सदस्यहरू नआउँदा स्थगति भएको बताए ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य भने १६ र १७ गते कार्यपालिकाको बैठक बस्दे र १८ गते नगरसभा बस्ने बताए । उनले नगरसभा समयमा नै सुरू गरेको बताए ।

कांग्रेसको विरोधपछि आर्थिक ऐनमा राजस्वसम्बन्धी विषयहरू समेटिने महानगरले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर