इमाडोलमा इनारमा खसेकी महिलाको उद्धार

ललितपुरको इमाडोलमा इनारमा खसेकी महिलाको उद्धार भएको छ।

सोमबार बिहान ९:५० बजे महालक्ष्मी नगरपालिका-३, खण्डा गार्मेन्टनजिकै नवीनटोलस्थित इनारमा खसेकी महिलाको उद्धार भएको हो।

दोलखा घर भई इमाडोलमा डेरा गरी बस्ने २८ वर्षीया नुतन प्रधान इनारमा खसेकी थिइन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उनको उद्धार गरेको हो। उद्धारपछि उनलाई उपचारका लागि पाटन अस्पताल लगिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनी कपडा सुकाउन इनारको स्ल्याबमाथि चढेकी थिइन्। त्यहीबेला स्ल्याब फुटेर इनारभित्र खसेकी हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *