खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर अघि बढ्न जरूरी : उपप्रधानमन्त्री खड्का

उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारले खेलकुदका भौतिक पूर्वाधारहरू तीव्र गतिमा अघि बढाउन नसकेको बताएका छन्।

बुधवार ललतिपुरमा आयोजित १४ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८० को उद्घाटन गर्दै उनले विगतका कमीकमजोरीबाट पाठ सिकेर खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर अघि बढ्न जरूरी रहेको बताए।

उनले नेपालको खेलकुद विकास, खेलाडीको उन्नतिका लागि प्रोत्साहित गर्न जरूरी रहेको बताए।

उनले संघ, प्रदेश र स्थानीय तहले आफ्ना स्रोतलाई खेलकुद विकास र खेलाडीको संरक्षणमा प्रयोग गर्नुपर्ने बताए। उनले सरकारले खेलाडीमा थप लगानी गर्ने प्रतिबद्धता जनाए।

उपप्रधानमन्त्री खड्काले खेलाडीहरूको सेवा सुविधा बढाउन एकताबद्ध भएर लाग्नुपर्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर