गायक यम बरालको ‘साथी’ काे म्युजिक भिडियाे सार्वजनिक

गायक यम बरालको गीत ‘साथी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो ।

गीतमा साथीबीचको प्रेम भाव र सम्मानलाई देखाइएको छ । कार्यक्रममा बोल्दै गायक बरालले गीतले साथी र साथित्वको मर्मलाई उजागर गरेको बताए । उनले गीत सबैले मन पराइदिने विश्वास व्यक्त गरे ।

गीतको म्युजिक भिडियोमा सञ्जित भण्डारी र मेघ सुवेदीको अभिनय रहेको छ । गीतमा यम बराल र विश्व नेपालीको स्वर रहेको छ ।

हेर्नुस् भिडियाे :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर