‘गौशाला २६’ को भन्दै विवरण सार्वजनिक गर्ने युट्युबर पक्राउ

क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा अदालतले दोषी ठहर गर्दै सजाय तोकेपछि पीडित किशोरी ‘गौशाला २६’ को भन्दै तस्बिरसहित व्यक्तिगत विवरण सार्वजनिक गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीको साइबर ब्यूरोले संखुवासभाका ३२ वर्षीय केशरमान राई लाई पक्राउ गरेको हो। उनी युट्युबर रहेकाे बताइएकाे छ।

ब्यूरोका एक प्रहरीका अधिकृतका अनुसार पक्राउ परेका राईविरूद्ध विद्युतीय अपराध ऐनअनुसारको कसुरमा अनुसन्धान गर्न अदालतबाट ७ दिनको म्याद लिइएको छ।

पीडित गौशाला २६ को भन्दै सामाजिक सञ्जालमा तस्बिर राख्ने र पहिचान खुलाउन खाेज्ने अन्यको पनि खोजी भइरहेको ब्यूरोले जनाएको छ। यसअघि यो विषयमा अनुसन्धान गरिदिन भन्दै पीडित गौशाला २६ ले ब्यूरोमा उजुरी दिएकी थिइन्।

काठमाडौं जिल्ला अदालतले लामिछानेलाई अघिल्लो साता बुधबार ८ वर्ष वर्ष जेल सजाय र ५ लाख रूपैयाँ क्षतिपूर्ति पीडितलाई भराउने आदेश गरेको थियो त्यसपछि लामिछानेका समर्थकहरूले पीडित गौशाला २६ को भन्दै तस्बिर र व्यक्तिगत विवरणहरू सार्वजनिक गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर