रुस-युक्रेन युद्धमा मारिएका नेपालीको शव ल्याउन नसक्नु लज्जा र चिन्ताको विषय : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले विदेको भुमिमा मारिएका नेपाली युवाको लास समेत नेपाल ल्याउन नसक्नु ठूलो राष्ट्रिय लज्जा र चिन्ताको विषय रहेको बताएका छन् ।

पछिल्लो समय रोजगारीको खोजीमा रूस–यूक्रेन जस्ता युद्धग्रस्त क्षेत्रमा पुगेर दर्जनौंको संख्यामा नेपाली युवाहरू मारिएको घटना दिनानु दिन बढ्दै गएको छ । उक्त विषयलाई लिएर भट्टराईले शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत एक स्टाटस लेख्दै यो चिन्ताको विषय रहेको बताएका हुन् ।

उनले लेखेका छन्,‘रोजगारीको खोजीमा हाम्रा युवाहरू रूस–यूक्रेन जस्ता युद्धग्रस्त क्षेत्रमा पुगेर दर्जनौंको संख्यामा मारिनु र उनीहरूको लाससम्म देशमा ल्याउन नसक्नु ठूलो राष्ट्रिय लज्जा र चिन्ताको विषय हो !
सरकार बाह्र सत्ताइसका कुरा गरेर बस्नु र आफ्नु अनुहार हेरेर आफै रमाएर बस्नु भन्दा एक-सूत्रीय रूपमा देशमै युवाहरूलाई सम्मानजनक र आयमूलक रोजगारी सिर्जना गर्न लागी परोस्। नत्र समयले कसैलाई पर्खनेछैन।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर