प्रधानमन्त्री ‘प्रचण्ड’ स्वदेश फिर्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फिर्ता भएका छन् । चार दिन लामो विदेश भ्रमण पूरा गरेर उनी आज स्वदेश फर्किएका हुन्।

युगान्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भएका प्रचण्ड अहिले बिहान सवा ९ बजे काठमाडौंमा अवतरण गरेका हुन् ।

सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड बुधवार युगान्डाको राजधानी कम्पला पुगेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *