माइतीघरको निषेधाज्ञा हटाउन माग गर्दै नेवि संघको प्रदर्शन

सत्तारूढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले माइतीघर मण्डलाको निषेधाज्ञा हटाउन माग गर्दै विरोध प्रदर्शन गरेको छ । आइतबार संघले माइतीघरमा सरकारले लगाएको निषेधाज्ञा हटाउन माग गर्दै विरोध प्रदर्शन गरेको हो ।

निषेधित क्षेत्रमा विरोध प्रदर्शन गरेसँगै उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले ‘माइतीघरको निषेधाज्ञा खारेज गर्’, ‘अभिव्यक्ति स्वतन्त्रता कामय गर्’ लगायतका नारा लेखिएका प्लोकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *