राम मन्दिरको प्राणप्रतिष्ठाको पूर्वसन्ध्यामा धनुषा र महोत्तरीमा शोभायात्रा [तस्बिरहरू]

भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरको प्राणप्रतिष्ठाको पूर्वसन्ध्यामा धनुषा, महोत्तरीलगायतका जिल्लाहरूमा सांस्कृतिक झाँकीसहितको शोभायात्रा निकालिएको छ । आइतवार महोत्तरीको जलेश्वर र धनुषाको जनकपुरधाममा सांस्कृतिक बाजागाजासहितको र्‍याली निकालिएको हो ।

र्‍यालीमा सहभागीहरूले हिन्दु धर्मावलम्वीहरूका लागि यो क्षण खुसीमय रहेको बताए । उनीहरूले नगर परिक्रमा गर्दै कलशयात्रासमेत गरेका छन् ।

भगवान् रामको जन्मस्थल मानिने भारतको अयोध्यामा भव्य राम मन्दिर बनाइएको छ । नेपालभरका पाँच हजार मन्दिरहरूमा सोमवार मध्याह्न १२ बजेदेखि १ बजेसम्म सत्सङ्ग भजन कीर्तन, विजय महामन्त्र जप, आरती तथा प्रसाद वितरण अनि साँझ सबै हिन्दुहरूलाई दीप गर्न आह्वान गरिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर