आज महावीर जयन्ती मनाइँदै

आइतबार चैत्र शुक्ल त्रयोदशीको दिन २६ सय २३ औँ महावीर जयन्ती मनाइँदै छ। नेपालसहित विश्वभर छरिएर जैन धर्मका दिगम्बर तथा श्वेताम्बर दुवै सम्प्रदायले हर्षोल्लासपूर्वक मनाउँछन्।

आजको दिनलाई महावीर जन्मकल्याणक पनि भनिन्छ। करिब २६ सय वर्षअघि वैशाली गणतन्त्र (हाल भारत बिहारको मुजफ्ररपुर जिल्लाको बसाढ गाउँ) को क्षत्रीय कुण्डलपुरमा बाबु सिद्धार्थ तथा आमा त्रिशलाका तेस्रो सन्तानका रूपमा वर्धमानको जन्म भएको थियो।

बर्धमान पछि महावीर स्वामी बनेका थिए भन्ने मान्यता छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर