अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा : जनकपुरमा सवा लाख दीप प्रज्वलनको तयारी

भारतको अयोध्यामा निर्मित राम मन्दिरको प्राणप्रतिष्ठाको खुसीयालीमा आज जनकपुरमा सवा लाख दीप प्रज्वलन गरिँदैछ । दीप प्रज्वलन कार्यक्रमका लागि जनकपुरमा भव्य तयारी गरिएको छ ।

जनकपुर मन्दिर परिसरलाई फूल र मालाले सजाइएको छ । साथै मन्दिर परिसरमा दीप प्रज्वलनका लागि दियो ठीक पारिएको छ । मन्दिर परिसरमा फूलले ‘जय श्रीराम’ लेखिएको आकर्षक दृश्य देख्न सकिन्छ । परिसरमा फूलबाट नै धनुष र रामको चित्र बनाइएको छ ।

अयोध्यामा १८ अर्ब रूपैयाँभन्दा बढीमा राम मन्दिर बनेको हो । कार्यक्रममा सहभागी हुन नेपालबाट पनि वैदिक सनातन हिन्दु धर्मावलम्बीहरू पुगेका छन् । प्राणप्रतिष्ठाको अवसरमा जनकपुरधामलगायतका विभिन्न स्थानमा दीपावली मनाउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर