राम आगो होइनन् ऊर्जा हुन्, विवाद होइनन् समाधान हुन् : प्रधानमन्त्री मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठाको अवसरलाई ‘अलौकिक’ भनेका छन्।

सोमवार निर्माणाधीन राम मन्दिरको गर्भगृहमा भगवान् रामको बालस्वरूपको मूर्ति प्राणप्रतिष्ठापछि आयोजित समारोहलाई सम्बोधन गर्दै उनले न्यायका पर्यायवाची भगवान् रामको मन्दिर पनि न्यासंगत रूपमा निर्माण भएको बताए।

मन्दिरसँग सम्बन्धित विवादमा सर्वोच्च अदालतको निर्णयको प्रसंग निकाल्दै उनले त्यसले न्यायको गरिमा जोगाएको भनी न्यायपालिकाप्रति कृतज्ञता व्यक्त गरे।

प्रधानमन्त्री मोदीले केही मानिसले राम मन्दिर बने आगो लाग्ने भनेको भन्दै उनीहरूले भारतको सामाजिक विवके नबुझेको बताए।

उनले भने, ‘राम आगो होइनन् राम ऊर्जा हुन्, राम विवाद होइनन् राम समाधान हुन्।’

उनले शताब्दीयौंको प्रतीक्षा, त्याग, तपस्या र बलिदानपछि राम मन्दिर निर्माणमा सफलता मिलेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर