रकम अपचलन गर्नेहरूले नै सहकारीपीडितको समस्या समाधान गर्नुपर्छ : आरजु राणा

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणाले सहकारीको रकम ठगी गर्नेले नै सहकारीपीडितको समस्या समाधान गर्नुपर्ने बताएकी छन्।

आइतवारको समितिको बैठकमा सभापति राणाले सहकारीपीडितहरूको समस्या राज्यले समाधान गर्नुपर्ने कुरा आइरहेको भन्दै राज्यले नभएर सहकारीमार्फत पीडितहरूको रकम अपचलन गर्नेहरूले गर्नुपर्ने बताएकी हुन्।

उनले राज्यले सबै पीडितहरूको समस्या समाधान गर्न नसक्ने भन्दै ठगी गर्नेहरूबाट रकम फिर्ता गराएर समाधान गर्नुपर्ने बताइन्। उनले सहकारीमा ठगी गर्ने समूहलाई सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न लगाउनुपर्ने र फिर्ता नगरे कानुनबमोजिम कारबाही गर्नुपर्ने बताइन्।

उनले सहकारीपीडितको समस्या समाधान राज्यले गर्छ भनेर बस्न नहुने बताइन्। उनले सहकारीका समस्या समाधान गर्न नीतिगत सुधारका लागि प्रधानमन्त्री कार्यालयलाई ध्यानाकर्षणपत्र लेख्ने बताइन्।

उनले प्रधानमन्त्री तहबाट नै सहकारीका समस्या समाधानको उपाय निकाल्न सक्ने अवस्था रहेको बताइन्। उनले सहकारी ठगी र बचतकर्ताको रकम अपचलन बचतकर्ताहरूको जीवनसँग जोडिएकाले सरकारले गम्भीर भएर दोषीलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने बताइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर