चीनमा पहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुग्यो, ४७ बेपत्ता

चीनको दक्षिणपश्चिमी युनान प्रान्तको एक पहाडी गाउँमा सोमवार पहिरो जाँदा मृत्यु हुनेको संख्या ११ पुगेको स्थानीय अधिकारीहरूले मंगलवार बिहान जानकारी दिएका छन् ।

झाओटोङ सहरको लिआङ्शान गाउँमा सोमवार बिहान ६ बजे पहिरो खस्दा ४७ जना बेपत्ता भएका छन् । सोमवार राति १० बजेसम्म ११ जनाको मृत्यु भएको स्थानीय प्रकोप राहत मुख्यालयले जनाएको छ ।

घटनास्थलमा एक हजारभन्दा बढी उद्धारकर्मीले खोजी तथा उद्धार कार्य गरिरहेका छन् । विज्ञ समूहको प्रारम्भिक अनुसन्धानले ढलानमाथिको ठाडो भिरको क्षेत्रमा पहिरो खसेको देखाएको छ । भत्किएको मास लगभग सय मिटर चौडाइ, ६० मिटर उचाइ र औसत मोटाइ ६ मिटर रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर