माघ २२ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलवार बसेको मन्त्रिपरिषद्काे नियमित बैठकले संसद्को हिउँदे अधिवेशन माघ २२ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

एक मन्त्रीका अनुसार माघ २२ गते अपरान्ह ४ बजे संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको हो ।

यसअघि कात्तिक १६ गते रातिबाट संसद्को बजेट अधिवेशन अन्त्य भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *