२३ औं सशस्त्र प्रहरी दिवस : डीआईजी शाहलाई उत्कृष्ट बाहिनी अवार्ड

सशस्त्र प्रहरीका नायब महानिरीक्षक (डीआईजी) दीपेन्द्र शाहलाई यस वर्षको उत्कृष्ट बाहिनी अवार्ड प्रदान गरिएको छ ।

२३ औं सशस्त्र प्रहरी स्थापना दिवसका अवसरमा मंगलवार हल्चोकमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले मधेस प्रदेशको छिन्नमस्ता बाहिनी मुख्यालय प्रमुख शाहलाई उत्कृष्ट बाहिनी अवार्ड प्रदान गरेका हुन् ।

वर्षभरि उपत्यका र सातवटै प्रदेशस्थित बाहिनी मुख्यालयबाट भएका कार्यसम्पादन मूल्यांकनका आधारमा सशस्त्रले मधेस प्रदेशस्थित छिन्नमस्ता बाहिनीलाई उत्कृष्ट युनिटका रूपमा छनोट गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *