भिजिट भिसामा विदेश जानेका लागि नयाँ नियम, ६ वटा कागजात आवश्यक पर्ने

सरकारले माघ १० गतेदेखि लागू हुने गरी भिजिट तथा पर्यटक भिसामा विदेश जानेहरुका लागि आवश्यक पर्ने कागजातबारे गृह मन्त्रालयले नयाँ कार्यविधि जारी गरेको छ ।

मंगलबार विभागले आफ्नो वेबसाइटमार्फत् यात्रा परामर्श जारी गर्दै ६ बुँदमा आवश्यक पर्ने कागजातहरू सार्वजनिक गरेको हो।

यस्तो छ भिजिट भिसामा भ्रमण अनुमति सम्बन्धि कार्यविधि :

१) ६ महिनाको वैध अवधि भए‌को राहदानी ।

) गन्तव्य देशको प्रवेषाज्ञा भिसा वा अन अराइभल भिसा प्राप्त हुने मुलुक भए प्रवेषाज्ञा नचाहिने।

३) दुईतर्फी हवाई टिकट ।

४) भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र ।

५) भ्रमणको सम्पूर्ण खर्च बेहोर्ने सरकारी तथा गैरसकारी संस्थाको निमन्त्रणापत्र वा सो नभएमा कम्तीमा पाँच सय अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण (नगद वा डेविट/क्रेडिट कार्ड)।

६) संयुक्त अरब इमिरेटस्, बहराइन, कुवेत, कतार, ओमन र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा स्वःघोषणा गर्नुपर्ने छ । स्वःघोषणामा संलग्न विवरणको प्रमाणको भार बर्डेन अफ प्रुफ सम्बन्धित व्यक्तिमा रहने छ । स्वघोषणाको ढाँचा विभागले निर्धारण गरेबमोजिम हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *