भक्तपुरमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

भक्तपुरमा मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

मंगलबार साँझ साढे ६ बजे भक्तपुर नगरपालिका–१ चुनदेवी आकाशे पुल नजिकै सल्लाघारीबाट सूर्यविनायक जाँदै गरेको मोटरसाइकल बागमती प्रदेश ०२-०२२ प ८७३२ नं.ले बागमती प्रदेश ०२-०२१ प ९०३२ नं. स्‍कुटरलाई ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक भक्तपुरको सूर्यविनायक नगरपालिका-६ पाण्डुबजारका २० वर्षीय ओम केसी गम्भीर घाइते भएका थिए।

उनको उपचारको क्रममा मंगलबार राती मध्यपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए। मृतक केसीको शव पोष्टमर्टम गर्न भक्तपुर अस्पताल पुर्‍याइएको छ।

स्कुटर र चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-८ घर भई काठमाडौं कपन बस्ने २६ वर्षीय रोशन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *