प्रधानसेनापति शर्मा र गोर्खा ब्रिगेड प्रमुख लेफ्टिनेन्ट जनरल एके सिंहबीच भेटवार्ता

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल एके सिंहबीच भेटवार्ता भएको छ ।

प्रधानसेनापति शर्मा र एभीएसएम, वाईएसएम, एसएम, भीएसएम, जनरल-अफिसर-कमान्डिङ-इन-चिफको रूपमा दक्षिणी सेना कमाण्ड (जीओसी-इन-सी साउदर्न कमाण्ड) तथा गोरखा ब्रिगेड प्रमुख सिंहबीच नेपाली सेनाको मुख्यालय जंगी अड्डामा केही दिनअघि भेटवार्ता भएको हो ।

भेटमा उनीहरूबीच दुई देशका सेनाबीचको सम्बन्ध तथा सहकार्यलाई थप मजबुत बनाउनेबारे छलफल भएको काठमाडौंस्थित भारतीय राजदूतावासले जनाएको छ ।

साथै ब्रिगेड प्रमुख सिंहले यसबीच धरानस्थित निवृत्तिभरण भुक्तानी कार्यालय (पीपीओ) को भ्रमण गरी भूतपूर्व गोर्खा सैनिकहरूसँग पनि भेटवार्ता गरेका थिए ।

सो अवसरमा उनले वीर नारिस तथा वीरता पुरस्कार प्राप्त गर्नेहरूलाई सम्मानसमेत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *