इन्टरपोलले ‘रेड नोटिस’ जारी गरेका बलात्कार आरोपी कतारबाट पक्राउ

नेपाल प्रहरीले जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका एक जना फरार प्रतिवादीलाई कतारबाट पक्राउ गरेर ल्याएको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका-११, मधुवन घर भएका २५ वर्षीय सेहमान खाँ पक्राउ परेका हुन् । प्रहरीका अनुसार एनसीबी दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने÷गराउने प्रयोजनार्थ बिहीवार नेपाल फिर्ता ल्याइएको हो ।

खाँविरूद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा जबरजस्ती करणी मुद्दा दर्ता भएपछि अनुसन्धानका क्रममा उनी वैदेशिक रोजगारीका सिलसिलामा कतारमा रहेको खुलेको थियो ।

अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउका लागि नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट यही माघ २ गते उनीविरूद्ध रेड नोटिस जारी भएको थियो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *