यू–१९ विश्वकप क्रिकेट : आज अफगानिस्तानको सामना गर्दै नेपाल, जित्नैपर्ने दवाव

आईसीसी यू–१९ एसिया कपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल आज जितको दबाबसहित अफगानिस्तानविरुद्ध खेल्दै छ ।

यसअघिका २ खेलमा हार बेहोरेपछि जित्नै पर्ने दबाबमा रहेको नेपालले बिहीबार अफगानिस्तानको सामना गर्न लागेको हो।

नेपाल र अफगानिस्तानको खेल नेपाली समयानुसार दिउँसो १:४५ बजेदेखि सुरु हुनेछ।

यसअघिका २ खेलमा हार बेहोरेको नेपालले सुपर सिक्समा पुग्नलाई अफगानिस्तानलाई हराउनै पर्छ। नेपाल समूह चरणको पहिलो खेलमा न्यूजिल्याण्डसँग ६४ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको छ।

शुक्रबारको खेलमा अफगानिस्तानलाई हराए नेपाल सुपर सिक्समा पुग्नेछ। सुपर सिक्समा पुग्दा नेपालले समूह ‘डी’का न्यूजिल्याण्ड र पाकिस्तानका साथै समूह ‘ए’का शीर्ष ३ टोलीसँग प्रतिस्पर्धा गर्न पाउनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर