रुसबाट ४५ जना नेपाली स्वदेश फर्किए

युक्रेनसँगको युद्धका कारण बढ्दो तनावपछि रोजगारीका लागि रुसमा पुगेका ४५ जना नेपाली नागरिक स्वदेश फर्केका छन् । मस्कोस्थित नेपाली राजदूतावासको समन्वयमा उनीहरू विभिन्न मितिमा स्वदेश फर्केका हुन् ।

मस्कोस्थित नेपाली राजदूतावासले पछिल्लोपटक रोजगारीका क्रममा पुगेका ४५ जना नेपाली नागरिकलाई स्वदेश फिर्ताका लागि समन्वय गरेको छ । ‘पासपोर्ट दलालको कब्जामा रहेका नेपालीहरू पनि समन्वयका लागि आएका थिए ।

उनीहरूलाई आवश्यक ट्राभल डकुमेन्ट बनाएर पनि दूतावासले स्वदेश फर्कन समन्वय गरेको छ,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले नयाँ पत्रिकासँग भने, ‘रुसमा लाखौँ खर्च गरेर पुगेका नेपालीलाई नेपाली दलालले नै थप पैसा लिने गरेको विवरण पनि प्राप्त भएको छ । यसको पनि छानबिन भइरहेको छ ।’

महानिर्देशक, कन्सुलर सेवा विभाग रुसमा रहेका आफन्तलाई स्वदेश फिर्ताका लागि आग्रह गर्दै परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागमा हालसम्म परिवारजनका १५० जनाले निवेदन दिएका छन् । अहिले पनि रुसमा रहेका आफन्तजनले स्वदेश फिर्ता गराइदिन निवेदन दिने क्रम रोकिएको छैन । रुसबाट नेपाली राजदूतावासको समन्वयमा नेपालीहरू स्वदेश पनि आइरहेका छन् ।

अर्कोतर्फ रुसमा रहेका आफन्तलाई स्वदेश फिर्ताका लागि आग्रह गर्दै परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागमा हालसम्म परिवारजनका एक सय ५० जनाले निवेदन दिएका छन् ।

परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागका महानिर्देशक प्रकाशमणि पौडेलले रुसमा रहेका आफन्तजनले स्वदेश फिर्ता गराइदिन निवेदन दिने क्रम नरोकिएको बताए । ‘त्यहाँ रहेका आफन्तलाई स्वदेश फर्काउन पहल होस् भनेर निवेदन आइरहेका छन् । रुसबाट नेपाली राजदूतावासको समन्वयमा नेपालीहरू स्वदेश पनि आइरहेका छन्,’ महानिर्देशक पौडेलले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर